चितुवाको आक्रमणबाट व्यासकाे छिर्कनेमा बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितुवाको आक्रमणबाट व्यासकाे छिर्कनेमा बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७९, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीय अभिनव कुंवर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    गोठ नजिकबाट चितुवाले बालकलाई आक्रमण गरेको थियो । बालकको शव घरभन्दा दुई सय मिटर पर जङ्गलमा फेला परेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    “चितुवाले आक्रमण गरेको थाहा पाउनेबित्तिकै पछि पछि दौडिँदै गएका थियौ, तर बालकलाई बचाउन सकिएन,” स्थानीय विष्णु पाण्डेले भने।

    पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्ष भन्दा कम उमेरका बालबालिका छन् ।

    चितुवाको आक्रमणबाट भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ ।