दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा मोटरसाइकलमा सल अड्किएर हात चुँडिएकी महिलाको उपचारमा समस्या भएको छ ।
गत शनिबार व्यास-५ पाटनबाट झापुटार आउँदै गर्दा मोटरसाइकलमा सल अड्किएर हात चुँडेकी ३० वर्षीया रेणु थापाको उपचारमा आर्थिक अभाव भएको हो । उनलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौ लगिएको थियो ।
उनको हाल काठमाडौस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारका लागि आर्थिक अभाव भएको उनको परिवारले जनाएको छ । उपचारमा आर्थिक सहयोगका लागि परिवारले आग्रह गरेको छ ।
सहयोगका लागि होमबहादुर थापाको हिमालय बैंक महाराजगञ्जमा रहेको खातामा रकम सहयोग गर्न आग्रह गरिएको छ ।
Hom Bahadur Thapa
Himalayan Bank Maharajgunj
A/C no 00200612090016
contact no.9840017171