दमौली । नेपाल शिक्षक संघ व्यास नगर समितिको अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन् । शनिबार सम्पन्न मतदानबाट पौडेल अध्यक्षमा चयन भएका हुन् ।
पौडेलले ३६७ मत प्राप्त गरे। प्रतिस्पर्धी बलराम वाग्लेले १५५ मत प्राप्त गरे । पौडेल सत्यवती माध्यमिक विद्यालयमा कार्यरत छन् ।
निर्वाचनमा ६६१ मध्ये ५२७ मत खसेको थियो ।
यस्तै सचिवमा रुपा घिमिरे विजयी भएकी छन् । घिमिरेले ३६८ मत प्राप्त गर्दा प्रतिस्पर्धी बुद्धिबहादुर बरालीले १४५ मत प्राप्त गरे ।
अन्य पदमा भने निर्विराेध भएकाे थियाे । उपाध्यक्षमा मनु सापकाेटा र टिकाराम दाहाल, सचिव अर्थमा प्रकाश बसाैला, सहसचिव समावेशीमा अमर सुनार र शम्भुलाल थापा, सहसचिव महिलामा रिमा आले, सहसिचव खुल्लामा विनाेद रम्तेल, सहसचिव अर्थमा विपना सुनार निर्विराेध भइसकेका छन् ।