काठमाडौ । नेपाली कांग्रेसले तनहुँ-१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ दलको बैठकमा कांग्रेसलाई राष्ट्रपति पद दिने प्रस्ताव गरेको र उपस्थित आठ दलका शीर्ष नेताले समर्थन जनाएकाले पौडेल आठ दलका साझा उमेदवार बनेका छन् ।