दमौली । तनहुँको जनसंख्या ३ लाख २१ हजार एक सय ५३ पुगेको छ। राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाको जनसंख्या ३ लाख २१ हजार एक सय ५३ पुगेको हो ।
सार्वजनिक तथ्यांक अनुसार तनहुँको जनसंख्या घटेको छ । २०६८ मा जिल्लाको जनसंख्या ३ लाख २३ हजार दुई सय ८८ थियो । तनहुँको जनसंख्या ०.०६ ले घटेको छ ।
आँबुखैरेनी गाउँपालिकामा २२ हजार दुई सय ५२, बन्दीपुर गाउँपालिकामा १८ हजार पाँच सय ३२, भानु नगरपालकिामा ४२ हजार सात सय ९४, भिमाद नगरपालिकामा २९ हजार दुई सय ४८, व्यास नगरपालिकामा ७८ हजार नौ सय ३९, देवघाट गाउँपालिकामा १४ हजार पाँच सय ८४, घिरिङ गाउँपालिकामा १४ हजार तीन सय ३४, म्याग्दे गाउँपालिकामा २३ हजार पाँच सय ७८, ऋषिङ गाउँपालिकामा १९ हजार नौ सय १८ र शुक्लागण्डकी नगरपालिकामा ५५ हजार छ सय २० जनसङ्ख्या पुगेको छ ।
विसं २०६८ सालको जनगणना अनुसार आँबुखैरेनी गाउँपालिकामा २० हजार छ सय ७८, बन्दीपुर गाउँपालिकामा २० हजार १३, भानु नगरपालिकामा ४५ हजार सात सय ९२, भिमाद नगरपालिकामा ३१ हजार तीन सय ६२, व्यास नगरपालिकामा ७० हजार तीन सय ३५, देवघाट गाउँपालिकामा १६ हजार एक सय ३१, घिरिङ गाउँपालिकामा १९ हजार तीन सय १८, म्याग्दे गाउँपालिकामा २२ हजार पाँच सय दुई, ऋषिङ गाउँपालिकामा २५ हजार आठ सय ७० र शुक्लागण्डकी नगरपालिकामा ४८ हजार चार सय ५६ जनसङ्ख्या थियो ।