सुमन देवकोटाको अध्यक्षतामा गण्डकी प्रदेश ट्रायथोलन संघ गठन, सदस्यमा पत्रकार दवाडी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सुमन देवकोटाको अध्यक्षतामा गण्डकी प्रदेश ट्रायथोलन संघ गठन, सदस्यमा पत्रकार दवाडी

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७९, आईतवार

    पोखरा । नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा सुमन देवकोटा सर्वसम्मत चयन भएका छन् । पोखरामा आइतबार भएको भेलाले देवकोटाको अध्यक्षतामा नौ सदस्सीय समिति गठन गर्दै पहिलो पटक नेपाल ट्रायथोलन सङ्घको प्रदेश समिति गठन गरेको हो ।

    अध्यक्षमा चयन भएका देवकोटा यसअघि संघको कास्की अध्यक्ष थिए । देवकोटा कास्की जिल्ला खेलकुद विकास समितिको पूर्वअध्यक्ष समेत हुन् । नवनिर्वाचित अध्यक्ष देवकोटाले गण्डकीमा ट्रायथोलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादनमा संघले काम गर्ने प्रतिवद्धता जनाए ।

    यसैगरी संघको उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव विरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर(देवेन्द्र) केसी सर्वसम्मत चयन भए ।

    यस्तै समितिको सदस्यहरुमा कृष्ण दवाडी, प्रमिश ताम्राकार, धनन्जय वाग्ले, सविना महर्जन र उज्वल शर्मा चयन भएका छन् ।
    नेपाल ट्रायथोलन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइरालाको अध्यक्षतामा भएको भेलाले प्रदेश समिति निर्वाचित गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रायथोलन संघका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले देशको संघीय संरचना र पछिल्लो पटक लागू गरिएको खेलकुद विकास ऐन अनुसार गठन गरिएको पहिलो प्रादेशिक समितिले आफ्नो काम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त दरे ।

    सङ्घले पोखरामा वर्षेनी एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको र आगामी दिनमा यसको व्यवस्थापनका लागि गण्डकी संघ सक्षम हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले केन्द्रबाट आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने विश्वास व्यक्त गरे ।

    प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । जिल्ला खेलकुदमा सुमन देवकोटाले नेतृत्व लिँदा खेल क्षेत्रले कोल्टे फेरेको स्मरण गर्दै गण्डकी प्रदेशमा ट्रायथोलन खेल विस्तारमा नवगठित समिति सक्षम हुने विश्वास व्यक्त गरे ।

    पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा ट्रायथोलनका लागि देशकै हब बन्न सक्ने बताए । नवनिर्वाचित संघलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपाली, गण्डकी प्रदेश भलिबल संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।