मतदातासँग भेटघाटदेखि उद्याेगीसँग छलफलमा व्यस्त उम्मेदवार वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    मतदातासँग भेटघाटदेखि उद्याेगीसँग छलफलमा व्यस्त उम्मेदवार वाग्ले

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०७९, आईतवार

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतदातासँग भेटघाटलाई तीव्र बनाएका छन् । शनिबार आँबुखैरेनी र देवघाटमा चुनावी सभामा सहभागी भएका वाग्लेले आइतबार देवघाट र दमाैलीमा आयाेजित कार्यक्रममा सहभागी भए ।

    वाग्लेले देवघाटमा मतदातासँग भेटघाट गर्दै तनहुँका लागि गर्व गर्न लायक सांसद बन्ने बताए । साे क्रममा वाग्लेले गलेश्वर आश्रम , महेश्वर आश्रम , चक्रवति मन्दिर, मुकुन्देश्वर महादेव, दिव्य चक्रशिला , मणिमुकुन्देश्वर तथा धार्मिक उद्यानको दर्शन अवलोकन, साधु महात्माहरुसँग भेटघाट तथा पुजाआजा गरेका थिए ।

    त्यस्तै वाग्लेले आइतबार नै दमाैलीमा उद्याेगी व्यवसायीसँग छलफल गरेका छन् । त्यसक्रममा उनले देशको बिग्रदो अर्थतन्त्र र यो अवस्थाबाट कसरी अर्थतन्त्रलाई उकास्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरेका थिए ।

    May be an image of 3 people and temple
    May be an image of 7 people and temple