दमौली । वैशाख १० गते हुने उपनिर्वाचनका लागि अब पॉच दिनमात्र बॉकी छ । तनहुँ-१ का उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा छन् । चुनावी सभा, कोणसभा, घरदैलोमा उम्मेदवार एवं पार्टीका नेता व्यस्त छन् ।
यसैक्रममा नेकपा एमालेले मंगलबार बिहान दमौलीमा घरदैलो गरेको छ । एमाले उम्मेदवार सर्वेन्द्र खनाल, पार्टीका केन्द्रीय सचिव पद्मा अर्याल, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, प्रदेश सदस्य केदार सिग्देल लगायत नेता तथा कार्यकर्ताको सहभागितामा घरदैलो गरिएको हो ।