दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले सोझा जनतालाई धम्की दिने क्रम सुरु भएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् वाग्लेले सोझा जनताको भोट किन्ने व्यापक चलखेल सुरु भएको समेत बताए ।
यस्तै विकृत राजनीति विरुद्ध आफूहरुको लडाइ भएको भन्दै उनले भने, ‘तर यसपटक तनहुँका विवेकशील जनताको सामुहिक मत सामु कसैको केही लाग्ने छैन। आमूल सुधार र परिवर्तनको घण्टी बज्छ बज्छ।’
वाग्लेले प्रधानमन्त्री निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै अरु ३ जना पूर्वप्रधानमन्त्री हेलिकप्टरमा बोकेर प्रदेश मुख्यमंत्री र संघीय मंत्रीको पद बाँड्दै हिँडेकाले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।