छोटो दूरीका सवारीको भाडा घटाउन तनहुँका सिडिओलाई रास्वपाको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छोटो दूरीका सवारीको भाडा घटाउन तनहुँका सिडिओलाई रास्वपाको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०८०, शुक्रबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले छोटो दूरीका सवारीसाधनको भाडादर घटाउन तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको ध्यानाकर्षण गराएको छ ।

    पार्टीका सहसंयोजक सूर्यमणि पौडेलको नेतृत्वमा शुक्रबार प्रशासन कार्यालयमा पुगेर रास्वपाले छोटो दूरीका सवारीसाधनको भाडादर घटाउन ध्यानाकर्षण गराएको हो ।

    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले लामा दूरीका सवारीसाधनको मूल्य समायोजन गरेको छ । रास्वपाले छोटो दूरीका सवारी साधनको मूल्य पनि समायोजनका लागि ध्यानाकर्षण गराएको हो ।

    जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भाडादर निर्धारण समिति रहेको छ । प्रमुख जिल्ला अधिकारी रिजालले यसबारेमा यातायात विभागसँग बुझ्ने जानकारी दिए।

    सो अवसरमा पार्टीका नेता तथा शुभेच्छुक विश्व बास्तोला, मनोज अधिकारी, गौरी थापा, सूर्यचन्द्र लम्साल, शिवराज काफ्ले, गोविन्द पन्थ, राजु दाहाल लगायत सहभागी थिए ।