दमौली। भुजेल समाज जिल्ला समन्वय समिति तनहुँको अध्यक्षमा पृथ्वी भुजेल चयन भएका छन् । शनिबार सम्पन्न समितिको चौथो जिल्ला अधिवेशनबाट नयॉ कार्यसमिति चयन भएको छ ।
उपाध्यक्षमा कमला भुजेल, मनबहादुर भुजेल, सचिवमा गोपाल घर्ती, कोषाध्यक्षमा मिलन भुजेल, सहसचिवमा खिलबहादुर घर्ती र सदस्यहरुमा विष्णुमाया भुजेल, वीरबहादुर घर्ती, रानबहादुर घर्ती, सरु भुजेल, कमला घर्ती र चोलबहादुर भुजेल चयन भएका छन् ।
यसैगरी निरु भुजेलको अध्यक्षतामा भुजेल महिला समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा सरस्वती भुजेल, सचिवमा कुश्मा भुजेल, सहसचिवमा सावित्री भुजेल, कोषाध्यक्षमा रजिना भुजेल र सदस्यहरुमा गोपीमाया भुजेल, तारा भुजेल, प्रमिला भुजेल र राधिका भुजेल चयन भएका छन् ।