


दमाैली । तनहुँको व्यास नगरपालिकाले खाना तथा खाजामा एक करोड भन्दा बढी खर्च भएको समाचार सार्वजनिक भएपछि प्रष्टिकरण दिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा खाना खाजा तथा विविध शीर्षकमा रु एक करोड ११ लाख चार हजार खर्च भएको सार्वजनिक भएपछि नगरपालिकाले सोमबार विज्ञप्ती जारी गरी प्रष्टिकरण दिएको हो ।
नगरपालिकाले उक्त आर्थिक खर्चमा खाना, खाजा मात्र नभई अन्य विविध शीर्षकमा गरिएको खर्च समेत त्यसमा उल्लेख भएकाले खर्च बढी जस्तो देखिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
