मुग्लिन पोखरा सडक : तनहुँ खण्डमा डेढ किमि कालोपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मुग्लिन पोखरा सडक : तनहुँ खण्डमा डेढ किमि कालोपत्र

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो ।

    मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा एक हजार छ सय मिटर सडक कालोपत्र भएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, “बरादीबाट डुम्रेतर्फको भागमा कालोपत्रको काम भइरहेको छ । यो आर्थिक वर्षमा सात किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य हो ।”

    उनका अनुसार उक्त खण्डमा यसअघि कालोपत्रका लागि परीक्षण गरिएकामा परीक्षण सफल भएपछि अहिले कालोपत्र नै गरिएको हो । अहिले दुई लेनमा मात्रै सडक कालोपत्र गर्ने काम भइरहेको पाण्डेले बताए। “सवारी साधनलाई आगमन सहज बनाउन एकातर्फमात्रै सडक कालोपत्र भइरहेको छ,” उनले भने ।