नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयन : तनहुँबाट पॉच जनालाई नागरिकता वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयन : तनहुँबाट पॉच जनालाई नागरिकता वितरण

    खबरपुञ्ज संवाददाता

    १० असार २०८०, सोमबार

    दमौली । नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयन भएसँगै जिल्ला प्रशासन कार्यालय तनहुँबाट पॉच जनाले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले पॉच जनालाई नागरिकता वितरण गरेको हो ।

    भिमाद नगरपालिकाका एकै परिवारका तीन जनालाई आइतबार उक्त नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । नागरिकता प्राप्त गर्नेहरु विसं २०६१, विसं २०६२ र विसं २०६३ सालका हुन् । उनीहरुका बाबुको वंश र आमा अङ्गिकृत रहेको उनले बताए । यस्तै सोमबार दुई जनाले उक्त नागरिकता लिएका छन् ।

    नागरिकता विधेयकका आधारमा तनहुँमा नागरिकता प्राप्त गर्नेको सङ्ख्या न्यून हुन सक्ने उनको भनाइ छ ।

    जन्मका आधारमा नागरिकता लिन १४ किसिमका कागजात आवश्यक पर्ने प्रशासन कार्यालयले जनाएको छ । जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फारम भर्नुपर्छ ।

    त्यस्तै बाबु र आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा तथा नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपि, बाबु र आमाको मतदाता परिचयपत्रको प्रतिलिपि, स्थानीय तहबाट स्थानीय बसोबास प्रमाणित÷किटानी सिफारिसको प्रतिलिपिलगायतका कागजात आवश्यक पर्ने जनाइएको छ ।

    यस्तै पारिवारिक विवरण, बुवाआमाको विवाह दर्ता÷विवाह प्रमाणित प्रतिलिपि, बुवा र आमाको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमा वा सन्तानको नामको जग्गाधनी प्रमाण पुर्जा, मोहियानी हकको प्रमाणपत्र भए सो प्रमाण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, विद्युत÷खानेपानी÷टेलिफोनको बिललगायतका अन्य कागजात, घरधुरी प्रमाण पुर्जा तथा नक्सा पास र स्वीकृतिको प्रतिलिपि, कम्तिमा २ जना वडा सदस्यसहित छिमेकीहरु गरी ५ जनाको वडा मुचुल्का र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा पनि पेश गर्नुपर्ने भनिएको छ ।