मनहरिमा नयाँ खानेपानी ट्याङ्की निर्माण अन्तिम चरणमा, शव भेटिएपछि थालिएकाे थियाे नयाँ ट्याङ्की बनाउन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मनहरिमा नयाँ खानेपानी ट्याङ्की निर्माण अन्तिम चरणमा, शव भेटिएपछि थालिएकाे थियाे नयाँ ट्याङ्की बनाउन

    खबरपुञ्ज संवाददाता

    ११ असार २०८०, मंगलवार

    दमाैली । तनहुँकाे म्याग्दे गाउँपालिका-४ मनहरिमा नयाँ खानेपानी ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेकाे छ । मनहरि पिपलटार खानेपानी याेजनाकाे नयाँ ट्याङ्की निर्माणकाे काम अन्तिम चरणमा पुगेकाे हाे ।

    खानेपानी आयाेजनाकाे ट्याङ्कीमा हत्या गरिएकाे अवस्थामा महिलाकाे शव भेटिएपछि नयाँ ट्याङ्की निर्माण थालिएकाे थियाे । खानेपानी उपभाेक्ता समितिका सचिव चन्द्रकुमार मल्लका अनुसार असार मसान्तसम्म उपभाेक्ताकाे घरघरमा पानी वितरण गर्ने लक्ष्य छ । अहिले वितरण लाइन तान्ने र पाइप बिछ्याउने काम भइरहेकाे छ ।

    सङ्घीय सरकारकाे रु ८० लाखकाे लागतमा खानेपानी ट्याङ्की निर्माणकाे काम सुरु गरिएकाे थियाे ।