कांग्रेस महाधिवेशन प्रतिनिधि श्रेष्ठ तरुण दलको केन्द्रीय सदस्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस महाधिवेशन प्रतिनिधि श्रेष्ठ तरुण दलको केन्द्रीय सदस्य

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८०, बुधबार

    दमौली । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ नेपाल तरुण दलको केन्द्रीय सदस्य चयन भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई तरुण दलको केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

    व्यास नगरपालिका-५ का निवर्तमान वडाध्यक्ष एवं प्रवक्ता रहेका श्रेष्ठ युवामाझ अत्यन्त लोकप्रिय छन् । मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस उम्मेदवार शंकर भण्डारीलाई विजयी गराउन युवा परिचालनमा श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो ।