दमौली । तनहुँको भीमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा निर्माण भएको पक्की पुलको शिलालेख तोडफोड भएको छ।
अज्ञात समूहले उक्त पुलको मुखमा राखिएको शिलालेख तोडफोड गरेको हो । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले पुलको उदघाटन गरेका थिए ।
गुरुङ अर्थमन्त्री हुँदा बजेट विनियोजन भई पुल निर्माण थालिएको थियो ।