पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८०, सोमबार

    दमाैली । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ ।

    विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लिएको हुनसक्ने आँकलन गरिएको छ । जाडो महिनामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। उनले भने “मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन् ।” अहिले पनि अलिअलि पर्यटक आउने उहाँको भनाइ छ ।

    जाडो मौसममा भने दैनिक सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेका छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुुल्ने क्रम बढेको छ । उनले भने, “मानुङकोटको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ । प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ ।”

    मानुङकोटबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।