कृषि तीज गीत प्रतियोगिताः वेदकाली कृषि समूह प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कृषि तीज गीत प्रतियोगिताः वेदकाली कृषि समूह प्रथम

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८०, शुक्रबार

    दमाैली । कृषि ज्ञान केन्द्र तनहुँको आयोजनामा आज कृषि तीज गीत प्रतियोगिता आयोजना गरिएको छ । कृषि पेशाप्रति कृषकको आकर्षण बढाउने उद्धेश्यसहित आयोजित प्रतियोगितामा म्याग्दे गाउँपालिका–७ स्थित वेदकाली कृषि समूह प्रथम भएको छ ।

    त्यस्तै म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन कृषि समूह द्वितीय, आँबुखैरेनी गाउँपालिका–१ स्थित बहुउद्धेश्यीय कृषक समूह तृतीय भएको छ ।

    प्रतियोगितामा प्रथम हुने समूहलाई रु पाँच हजार, द्वितीय हुने समूहलाई रु चार हजार र तृतीय हुनेलाई रु तीन हजार पुरस्कार प्रदान गरिएको ज्ञान केन्द्रका लेखा अधिकृत विजयकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगितामा छ समूहको सहभागिता रहेको थियो । सबै सहभागी समूहलाई रु दुई हजारका दरले नगद प्रदान गरिएको छ । प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका–९ स्थित समावेशी कृषिक समूह, व्यास नगरपालिका–११ स्थित मूलपानी आइपिएम पाठशाला, शुक्लागण्डकी नगरपालिका–८ स्थित बहुउद्धेश्यीय कृषक समूह, आँबुखैरेनी गाउँपालिका–१ स्थित त्रिवेणी एकीकृत कृषक समूह, म्याग्दे गाउँपालिका–७ स्थित बेदकाली कृषि समूह र म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन कृषि समूहको सहभागिता थियो ।

    प्रथम हुने समूह गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट सञ्चालन हुने कृषि गीत प्रतियोगितामा सहभागी हुनेछ ।

    प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष श्रीराम गन्धर्व, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका संरक्षक विष्णु खड्का क्षेत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    विजेतालाई ज्ञान केन्द्रका निमित्त प्रमुख वीरेन्द्र धितालले पुरस्कार वितरण गरेका थिए ।