संविधान दिवसमा दमौली बजार सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधान दिवसमा दमौली बजार सरसफाई

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०८०, मंगलवार

    दमाैली । संविधान दिवसको अवसरमा मङ्गलबार दमौली बजारमा सरसफाई गरिएको छ । संविधान दिवस तीन दिन मनाउने कार्यक्रम अनुसार पहिलो दिन सरसफाई गरिएको हो ।

    सरसफाई कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, राजनीतिक दलका नेता लगायत सहभागी भएका थिए ।

    दिवसका दिन जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु र सार्वजनिक महत्वका सम्भाव्य स्थलहरुमा असोज २, ३ र ४ गते साँझ दीप प्रज्ज्वलन गर्ने निर्णय भएको छ । यस्तै सम्पूर्ण जिल्लावासीलाई आ–आफ्नो घरमा असोज ३ गते साँझ दीप प्रज्ज्वलन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

    जिल्लास्थित सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालय एवं शैक्षिक तथा सामुदायिक सङ्घसंस्थाहरुले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ कार्यालय र परिसरको सरसफाई गर्ने, जिल्लाभित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्थलहरुको सरसफाइ गरी सौन्र्दयीकरण अभिवृद्धि गर्ने निर्णय भएको छ ।

    संविधान दिवसको सन्दर्भमा सरकारी, गैरसरकारी तथा सामुदायिक सङ्घसंस्थाहरुलाई रचनात्मक, सिर्जनात्मक, सन्देशमूलक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

    संविधान दिवस २०८० को सन्दर्भमा नेपालको संविधान विषयमा विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने र सो को संयोजन शिक्षा विकास तथा समन्वय इकाइले गर्ने भएको छ ।

    सदरमुकाम दमौलीको विशेष सरसफाइका लागि असोज २ गते ट्राफिक चोकमा जम्मा भइ नगर सरसफाई गर्ने निर्णय भएको छ । त्यस्तै असोज ३ गते झण्डोत्तोलन र प्रभातफेरी हुने भएको । सोही दिन व्यास नगरपालिकाको संयोजनमा बुधबारे कृषि हाट बजारको उद्घाटन कार्यक्रम रहेको छ ।