दमाैली । नेकपा एकीकृत समाजवादीबाट नेकपा एमाले प्रवेश गरेका आठ जनालाई नेकपा एमाले व्यास नगर कमिटीमा जिम्मेवारी दिइएकाे छ । व्यास नगर कमिटीकाे मङ्गलबार बसेकाे बैठकले पार्टी समायाेजनमा आएका आठ जनालाई जिम्मेवारी दिएकाे हाे ।
सबै जनालाई व्यास नगर कमिटीकाे सदस्यकाे जिम्मेवारी दिइएकाे छ । जिम्मेवारी पाउनेमा विजया गाैतम, नारायणबहादुर कार्की, कृष्णबहादुर गुरुङ, भानु चापागाई, गङ्गा ढकाल, कल्याण अधिकारी, कर्णबहादुर गुरुङ र डिलबहादुर काेइराला छन् ।
नगर कमिटीका कार्यवाहक अध्यक्ष तुलसीराम पाण्डेकाे अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य श्रीराम कार्की, जिल्ला उपाध्यक्ष हरिराज कंडेल लगायत सहभागी थिए ।