दमाैली । तिहारको अवसरमा तनहुँमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । शान्ति सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लामा ९ बजेसम्म देउसीभैलो खेल्ने समय तोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले रातिको समयमा झैझगडा हुन सक्ने भएकाले ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरिएको बताए।
कार्यालयले विष्फोटक पदार्थ, आतिसवाजी, पटका तथा पटकाजन्य पदार्थ समेत ओसारपसार, विक्री वितरण, भण्डारण तथा पट्काउने कार्य नगर्न अनुरोध गरेको छ । । साथै यस्ता कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रनाउ खाँणले बताए।