केपी ओली टि-२० का लागि गण्डकीको टोली घोषणा, तनहुँका तीन खेलाडी टिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    केपी ओली टि-२० का लागि गण्डकीको टोली घोषणा, तनहुँका तीन खेलाडी टिममा

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०८०, बुधबार

    दमौली । पोखरामा मंसिर ७ देखि सुरु हुने केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ । क्रिकेट संघ गण्डकी प्रदेशले बिपीन खत्रीको कप्तानीमा प्रदेशको टोली घोषणा गरेको हो ।

    उक्त टोलीमा तनहुँबाट तीन खेलाडी समावेश भएका छन् । तनहुँका चन्द्रकान्त पौडेल, समिर कंडेल र दिनेश बुढा मगर टिममा अटेका हुन् ।

    प्रतियोगितामा सात प्रदेश सहित १२ टिम सहभागी हुँदैछ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।