दमौली । मोहन बतास फाउण्डेशनले व्यास नगरपालिका-१० स्थित भानु माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक सहयोग गरेको छ । फाउण्डेशनले विद्यालयमा अध्ययनरत एक सय ३७ विद्यार्थीलाई ट्रयाक सुट सहयोग गरेको हो।
सामाजिक उत्तरदायित्व वहन अन्तर्गत उक्त सहयोग गरिएको फाउण्डेशनका संरक्षक मोहन बतासले जानकारी दिए ।
उक्त सामग्री फाउण्डेशनका अध्यक्ष ओमराज श्रेष्ठ, सचिव सर्जन थापाले हस्तान्तरण गरेका थिए ।
फाउण्डेशनले यसअघि मस्त्यकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई पनि न्यानो कपडा सहयोग गरेको थियो ।