दमौली । प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा तनहुँ शाखाले ज्येष्ठ नागरिक आश्रममा फलफूल वितरण गरेको छ । शाखाले व्यास-५ स्थित ज्येष्ठ नागरिक आश्रममा साेमबार फलफूल वितरण गरेको हो ।
सोक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय निर्वाचन आयोग सदस्य नारायण खड्का, तनहुँ शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठ, अध्यक्ष राजकुमार श्रेष्ठ विवि लगायतले श्रमजीवि पत्रकारको ठूलो संगठन प्रेस चौतारी भएको चर्चा गरे ।
राष्ट्रिय परोपकार महासंघ तनहुँका अध्यक्ष तारानाथ घिमिरेले सहयाेगप्रति आभार व्यक्त गरे ।