घुम्ने होइन त ६ हजारमा प्लेन चढेर पोखरा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    घुम्ने होइन त ६ हजारमा प्लेन चढेर पोखरा ?

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७७, सोमबार

    पोखरा/बुद्ध एयरको भगिनी संस्था बुद्ध होलीडेजले थलिएको पर्यटन क्षेत्रलाई चलायमान उद्देश्यले पोखरा र चितवनको लागि विशेष प्याकेज सार्वजनिक गरेको छ ।

    भदौ १ गतेदेखि आन्तरिक हवाई उडाउन खुल्ने तयारी भइरहेकाबेला सोहीमितिदेखि नै लागु गर्ने गरी बुद्धले प्याकेज सार्वजनिक गरेको हो ।

    ५ हजार ९ सय ९९ रुपैयाँमा २ रात ३ दिनको पोखराको प्याकेज कम्पनीले तोकेको छ । २ तर्फी हवाई टिकट समावेश गरिने कम्पनीले जनाएको छ । होटलको कोठा, बिहानको खाजा र पोखरा एयरपोर्टमा पिकअप एन्ड ड्रपको व्यवस्था सोही मूल्यमा समावेश हुनेछ ।

    चितवनका लागि ७ हजार ९ सय ९९ रुपैयाँको प्याकेज कम्पनीले ल्याएको छ । प्याकेजमा २ तर्फी हवाई टिकट, तिन तारे होटलको बसाई, बिहानको खाजा र सौराहासम्म पिकअप एन्ड ड्रपको व्यवस्था रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो योजना सीमित अवधिका लागि हुने कम्पनीले जनाएको छ ।