तनहुँको शुक्लागण्डकीमा पहिरामा परी तीन बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको शुक्लागण्डकीमा पहिरामा परी तीन बेपत्ता

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमौली । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर शनिबार तीनजना बेपत्ता भएका छन् ।   
      
    शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।   
      
    पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए ।