दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-३ स्थित पेट्राेलपम्प नजिक बिहीबार भएकाे एम्बुलेन्स दुर्घटनामा चालक घाइते भएका छन् । घाइते हुनेमा चितवनकाे इच्छाकामना गाउँपालिका- ५ बस्ने २४ वर्षीय तेजकुमार गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
डुम्रेबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २ च १८३० न.को खाली एम्बुलेन्स चालकले नियन्त्रण गुमाई दुर्घटना भएकाे थियाे । घाइतेलाई त्तकाल आँबुखैरेनी अस्पताल आँबुखैरेनी पठाइएकामा उनलाई प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएकाे छ ।