तनहुँ-१ मा भौतिक पूर्वाधार, शहरी विकास, पर्यटनबाट डेढ अर्ब बजेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ मा भौतिक पूर्वाधार, शहरी विकास, पर्यटनबाट डेढ अर्ब बजेट

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८१, बुधबार

    दमौली । तनहुँ क्षेत्र नम्बर १ मा यस आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास, खानेपानी र पर्यटन मन्त्रालय मार्फत् एक अर्ब ६० करोड विनियोजन भएको छ ।

    तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले ती मन्त्रालयमार्फत् आफ्नो क्षेत्रमा उक्त बजेट विनियोजन परेको जानकारी दिएका छन् ।

    विकास एक्लैले गर्ने नभई सबै मिलेर गर्ने बताउँदै उनले बजेटको कार्यान्वयनका लागि लाग्न उनले आग्रह गरे ।