मर्स्याङदी बस दुर्घटना अपडेट: नेपाली सेनाकाे मेडिकल टिम हेलिकप्टरमार्फत प्रस्थान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मर्स्याङदी बस दुर्घटना अपडेट: नेपाली सेनाकाे मेडिकल टिम हेलिकप्टरमार्फत प्रस्थान

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८१, शुक्रबार

    काठमाडाै । तनहुँको आँबुखैरेनी २ ऐनपहरामा भएकाे बस दुर्घटनामास्थलमा नेपाली सेनाको मेडिकल टिम सहितको टोली एमटी १७ हेलिकप्टरमार्फत प्रस्थान गरेको छ।

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ।

    पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मस्याङ्दी नदीमा खसेको हो। तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए। यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन।

    अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घट्नास्थलमा यात्रुको उद्धार गरिरहेको छ।

    यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन गरिनुका साथै उनीहरुलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

    अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ। बसमा झण्डै ४० भारतीय यात्रु सवार रहेको बताइएको छ।