घाइते खेलाडीको उपचार गर्न अमेरिकाबाट दुई लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घाइते खेलाडीको उपचार गर्न अमेरिकाबाट दुई लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको म्यादे गाउँपालिका–१ गुणादीस्थित फ्रेण्डसीप युवा क्लबका खेलाडी मन्दिप आलेको उपचारमा सघाउन अमेरिकाबाट रु दुई लाख सहयोग प्राप्त भएको छ ।

    मोटरसाइकल दुर्घटनामा परी घाइते उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएकामा अमेरिकाबाट उक्त सहयोग प्राप्त भएको हो ।

    मगर सङ्घ अमेरिकाका केन्द्रीय समितिका भाषिक उपाध्यक्ष एवं क्लवका सल्लाहकार गणेश आलेको नेतृत्वमा अमेरिकामा उक्त रकम सङ्कलन गरिएको फ्रेण्डसीप युवा क्लबका अध्यक्ष दुर्गाराज रानाले जानकारी दिए ।

    मगरको उपचारमा आर्थिक अभाव भएपछि क्लबको सक्रियतामा ‘मन्दिप बचाउ अभियान’ सञ्चालन गरिएको छ । गत साउन २८ गते बरचौरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका आलेको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग जुटाउन थालिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको छ । आलेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको क्लबका सचिव मिलन थापाले जानकारी दिए ।