मोहन बतासद्वारा पराशर सत्सङ्गलाई एक लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मोहन बतासद्वारा पराशर सत्सङ्गलाई एक लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८१, आईतवार

    दमौली । तनहुँको व्यास नगरपालिका-३ घर भइ हाल हङकङ बस्दै आएका मोहन बतास फाउन्डेसनका संस्थापक मोहनकुमार बतासले पराशर सत्सङ्ग भजनकीर्तन समितिमा रु एक लाख पाँचको अक्षयकोष स्थापना गरेका छन् ।

    व्यास नगरपालिका–५ स्थित पराशर सत्सङ्ग भजनकीर्तन समितिको दैनिक पूजापाठ तथा भजनकीर्तन कार्यमा लाग्ने खर्च व्यवस्थापनमा सहज पुर्याउन बतासले उक्त सहयोग गरेका हुन् ।

    उनले समितिका अध्यक्ष इन्द्र वाग्लेलाई एक कार्यक्रमका बीच चेकमार्फत कोष रकम हस्तान्तरण गरे ।