देवघाटमा बाँदरको आक्रमणबाट ९२ वर्षीया वृद्धा घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा बाँदरको आक्रमणबाट ९२ वर्षीया वृद्धा घाइते

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८१, शुक्रबार

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ टाउनचोकमा बाँदरको आक्रमणबाट एक वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा ९२ वर्षीया पवित्रा पौडेल रहेकी छन् ।

    घर अगाडी बसिरहेका बेला बिहीबार बाँदरको आक्रमणबाट पौडेल घाइते भएकी हुन्। उनकाे ढाड तथा हातमा चोट लागेको छ । बाँदरले आक्रमण गरिरहेको देखेपछि आफूहरु गएर बाँदर धपाएको स्थानीयवासी हरिलाल सापकोटाले जानकारी दिए ।

    घाइते वृद्धालाई धर्मार्थ अस्पतालमा लगेर टिटीको सुइ लगाइएको छ । उक्त अस्पतालमा रेबिज विरुद्धको खोप नभएकाले उहाँलाई आज भरतपुर लैजाने तयारी गरिएको छ ।

    पछिल्लो समय देवघाटमा बाँदर आतङ्क बढेको छ । दैनिकजसो बाँदरको आक्रमणबाट घाइते भइरहेका छन् । बाँदर आतङ्क बढेपछि स्थानीयवासी त्रसित र आजित भएका छन् ।