तनहुँ अदालत कात्तिक १ सम्म बन्द, बन्दी प्रत्यक्षीकरणको रिटका लागि चार घण्टा खुल्ला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ अदालत कात्तिक १ सम्म बन्द, बन्दी प्रत्यक्षीकरणको रिटका लागि चार घण्टा खुल्ला

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    दमौली । तनहुँ अदालत असोज १७ देखि बन्द भएको छ । अदालत घटनास्थापनादेखि कोजाग्रत पूर्णिमा कात्तिक १ सम्म बन्द रहनेछ ।

    न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न तथा पक्राउ पूर्जी जारी गर्न, अनुमति प्रदान गर्न विहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने तनहुँ अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिए ।