प्रशासनले भन्यो – न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्नुहोस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनले भन्यो – न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्नुहोस्

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, बुधबार

    तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै प्रशासनले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सरकारले तोकेको न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न गराउन सबैलाई आग्रह गरेको हो ।

    कोभिड–१९ महामारी रोकथाम, नियन्त्रणको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी गरिएका मापदण्ड र गृहमन्त्रालयबाट जारी सुरक्षा सम्बन्धी मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    नेपाल बाहिरबाट कामदारहरु ल्याउने सिफारिस गर्दा अत्यावश्यक र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने सुनिश्चित गरी सिफारिस गर्ने व्यवस्था मिलाउने र त्यस्ता कामदार आइसकेपछि अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।