गीतल प्रतिष्ठान नेपाल आठौ वर्षमा, यस्ता छन् हालसम्मका गतिविधि !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गीतल प्रतिष्ठान नेपाल आठौ वर्षमा, यस्ता छन् हालसम्मका गतिविधि !

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८१, बिहीबार

    दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको आठौ स्थापना दिवसका अवसरमा दमौलीमा बुधबार चियापान गरिएको छ ।

    सो अवसरमा आगामी २०८१ मंसिर १ गते शनिबार दमौलीमा नाटक “एक चिहान” मञ्चन गर्न सहमति भएको छ।

    त्यस्तै प्रतिष्ठानले प्रदान गर्दै आइरहेको साहित्यिक पुरस्कार कात्तिक मसान्तभित्र छनोट गरिने प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

    चालिसको दशकको उत्तरार्धदेखि तनहुँ जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै आएको प्रतिष्ठान विसं २०७३ सालमा जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भई साहित्य, कला, संगीत र नाट्य क्षेत्रलाई समेट्दै राष्ट्रिय/ अन्तर्राष्ट्रियस्तरका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।

    भाषा साहित्य वाङ्ग्मयको आधार, सांस्कृतिक संरक्षण विकासको पूर्वाधार भन्ने मूल नाराको साथ स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार, गीतल राष्ट्रिय पुरस्कार, गीतल प्रतिभा पुरस्कार, नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्गमय पुरस्कार तथा विभिन्न सम्मानहरु प्रदान गर्दै आईरहेको छ।

    २०७४ सालमा एशियाकै ठूलो गुफाको रुपमा दाबी गरिएको शिद्ध गुफामा राष्ट्रिय कवि सम्मेलन, २०७५ मा आदिकवि भानुभक्त आचार्यको जन्म गाउँ चुँदी रम्घामा अन्तराष्ट्रिय कवि सम्मेलन गरी संस्थाले आफ्नो गतिविधिलाई बृहत बनाएको छ।

    २०७१ सालमा अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर आकाश अधिकारीद्वारा लिखित नाटक “छितिज उन्मुख पाइलाहरु” तनहुँ उद्योग वाणिज्य सङ्घ,दमौलीमा मञ्चन गराएको थियो। २०७६ कात्तिक २ गते भीमनिधि तिवारीद्वारा लिएर ऐतिहासिक नाटक “माटोको माया”तनहुँ उद्योग वाणिज्य संघ दमौली तनहुँमा मञ्चन गरिएको थियो। उक्त नाटक निर्देशन दिवाकर भट्टराईले गरेका थिए।

    आकाश अधिकारीको लेखन र समुन्द्र पौडेलको निर्देशनमा कोरोना कहरको बीचमा पनि छोटो चलचित्र “कहर”को निर्माण गर्न सफल भएको संस्थाले आफ्नो गतिविधिहरुलाई विभिन्न माध्यमबाट अगाडि बढाउँदै आईरहेको छ।