विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०८१, शनिबार

    काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका र स्कटल्याण्डविरुद्ध खेल्ने आईसीसी विश्वकप लिग-२ को सिरिजका लागि टिमको घोषणा गरेको छ ।

    क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

    नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् । 

    नेपालले सिरिजको पहिलो खेल आइतबार राति अमेरिकाविरुद्ध खेल्दै छ भने अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।