जनसहयोगी माविमा एक लाख एक सय एकको अक्षयकोष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनसहयोगी माविमा एक लाख एक सय एकको अक्षयकोष

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०८१, बिहीबार

    दमौली । भानु नगरपालिका-१३ स्थित जनसहयोगी माविमा एक लाख एक सय एकको अक्षयकोष स्थापना गरिएको छ । तिहारको अवसर पारेर सतिस्वारा मिर्लुङ समाज कतारले विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेको हो ।

    विद्यालयले सञ्चालन गरेको देउसीभैलोका क्रममा समाजले विद्यालयको दिगो सञ्चालनका लागि उक्त अक्षयकोष स्थापना गरेको समाजका अध्यक्ष देवेन्द्र बानियॉले जानकारी दिए ।

    यसैबीच विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि भानु-१३ माझगाउँ निवासी अफ्तार मियाले करिब १५ हजार बराबरको खेलकुद पोशाक उपलब्ध गराएका छन् ।

    दुवै सहयोगी दातालाई विद्यालयले सम्मान गरेको विद्यालयका शिक्षक एवं सूचना अधिकारी तईप मियाले जानकारी दिए ।