एचआइभीबाट मृत्यु भएकाको सम्झनामा दमौलीमा दीप प्रज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एचआइभीबाट मृत्यु भएकाको सम्झनामा दमौलीमा दीप प्रज्वलन

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०८१, आईतवार

    दमौली । एचआईभी एड्सबाट मृत्यु भएकाको सम्झनामा तनहुँ दमौलीमा आइतबार सॉझ दीप प्रज्वलन गरिएको छ। स्वास्थ्य कार्यालय, दमौली अस्पताल, तनहुँ सहयोगी समूहको आयोजनामा व्यास नगरपालिका-३ प्रशासन चोकमा दीप प्रज्वलन गरिएको हो ।

    कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाही, स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारी लगायत सहभागी थिए ।

    कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले केही एचआईभी सङ्क्रमित अझै पनि खुलेर बाहिर आउन नसकेको बताइन् । एचआईभी एड्सबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् ।