क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स दमौली शाखाद्वारा लघु जीवन बीमा सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स दमौली शाखाद्वारा लघु जीवन बीमा सचेतना

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०८१, शुक्रबार

    दमौली । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स दमौली शाखाले एक साताको अवधिमा विभिन्न शिक्षण संस्थाहरूमा लघु जीवन बीमा जनचेतना कार्यक्रम गरेको छ । दमौली शाखाको आयोजना र शाखा प्रबन्धक सुनिता थापाको नेतृत्वमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

    जन जागृति माध्यमिक विद्यालय, आदिकवि भानुभक्त क्याम्पस, महेन्द्रज्योति माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय, बाराही कलेज, इन्दु माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको जनाइएको छ।

    कार्यक्रममा तीन सय भन्दा बढी विद्यार्थी र केही शिक्षकको सहभागिता थियो। कार्यक्रममा बीमाको महत्व र यसले कसरी आर्थिक सुरक्षामा सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो ।

    शाखा प्रबन्धक सुनिता थापाले बीमाको फाइदा र आवश्यकताबारे सरल र प्रभावकारी ढंगले सम्बोधन गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिइन्।