दमौली । नेपाल पत्रकार महासंघ तनहुँको मंसिर २८ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । प्रेस युनियन र प्रेस चौतारीको संयुक्त गठबन्धनबाट अध्यक्षमा डिपी अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।
केन्द्रमा भएको सहमति अनुसार तनहुँमा युनियनको पक्षमा अध्यक्ष परेपछि अधिकारीले उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै अध्यक्षका लागि नारायण खड्काले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।
खुल्ला उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट प्रताप राना र प्रेस सेन्टरबाट एसबी नेपाली, सचिवमा प्रेस युनियन र प्रेस चौतारी गठबन्धनबाट कृष्ण न्यौपाने र प्रेस सेन्टरबाट अस्मिता खनाल, खुल्ला सहसचिवमा प्रेस युनियन र चौतारी गठबन्धनबाट ऋषिकान्त दुवाडी र प्रेस सेन्टरबाट विनोद ढुंगानाको उम्मेदवारी परेको छ ।
यस्तै महिला उपाध्यक्षमा प्रेस चौतारीकी सम्झना रसाइली, सहसचिव समावेशीमा चौतारीकै किरण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा प्रेस युनियनका पूर्ण विके सर्वसम्मत निर्वाचित भएका छन् ।