विष्णु माविका ५२ विद्यार्थीलाई न्यानाे कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    विष्णु माविका ५२ विद्यार्थीलाई न्यानाे कपडा

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०८१, मंगलवार

    दमाैली । सामाजिक कार्यमा सक्रिय इनरह्वील क्लब अफ दमौली तनहुँ र लायन्स क्लब अफ तनहुँ व्यास सिटीले विद्यार्थीहरूका लागि न्यानो कपडा  वितरण गरेको छ। दुवै क्लबले मङ्गलबार बन्दीपुर गाउँपालिका १ स्थित विष्णु माध्यमिक विद्यालय नाहलामा अध्ययनरत ५२ जना विद्यार्थीहरूका लागि न्यानो कपडा स्विटर वितरण गरेको हो।

    इनरह्वील क्लब अफ दमौलीकी अध्यक्ष नारायणी मल्ल र लायन्स क्लब व्यास सिटीका अध्यक्ष एकप्रसाद श्रेष्ठको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले सामाजिक क्षेत्रमा सक्रिय द्वय क्लबले असहाय विपन्न र गरिब विद्यार्थीहरूका लागि न्यानो कपडा वितरण गरेकोमा खुसी व्यक्त गरे।

    विष्णु माध्यमिक  विद्यालयमा अध्ययनरत गरिब, विपन्न र असहाय बालबालिकाहरुका लागि न्यानो कपडा स्वीटर वितरण गर्नु पुण्यको कार्य भएको श्रेष्ठले बताए । वितरण गरिएको न्यानो कपडाले बालबालिकाको पठनपाठन क्रियाकलापमा महत्वपूर्ण सघाउ पुग्ने श्रेष्ठको भनाइ थियो। उनले सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने अधिकांश बालबालिकाहरु गरिब विपन्न परिवारका हुने गरेकोले विभिन्न संघसंस्थाको सहयोगको खाँचो रहिरहने बताएका थिए।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि शर्मा,  प्रधानाध्यापक ऋषिराम ढकालले न्यानो कपडा वितरणका लागि विष्णु माध्यमिक विद्यालय छनोट गरेकोमा आभार प्रकट गरेका थिए । शर्मा र ढकालले न्यानो कपडा स्विटर प्राप्तिले विद्यार्थीहरूमा खुसी मिलेको बताएका थिए।

    कार्यक्रममा  इनरह्वील क्लब डिस्ट्रिक्ट ३५० कि केन्द्रीय सदस्य निर्मला मल्लले क्लबले न्यानो कपडा वितरण लगायत थुप्रै सामाजिक कार्यहरू गर्दै आएको बताइन्। मल्लले क्लबले गरेको सामाजिक कार्यबाट समुदाय लाभान्वित भएको बताएकी थिइन्। आफ्नो कमाइको केही रकम बचत गरी गरिब विपन्न र असहाय समुदाय एवं बालबालिकालाई सहयोग गर्न पाउँदा आनन्द मिल्ने गरेको बताएकी थिइन् ।. क्लबले जहाँ जस्तो किसिमको आवश्यकता पर्दछ त्यहाँ त्यही किसिमको सहयोग गर्ने गरेको मल्लले बताएकी थिइन्। उक्त कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षक कल्पना पौडेलले गरेकी थिइन्।