किसानको उत्पादनलाई बजारीकणमा सघाउँदै महोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किसानको उत्पादनलाई बजारीकणमा सघाउँदै महोत्सव

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०८१, आईतवार

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घले तनहुँका किसानको उत्पादनलाई बजारीकरणको लागि मद्धत गरेको छ । सहरी आसपास मात्रै नभई जिल्लाका दशवटै पालिकाका दुर्गम क्षेत्रमा उत्पादित कृषि उपजलाई सदरमुकाम दमौलीमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइ दिएर सङ्घले किसानलाई मद्धत गरेको हो ।

    सङ्घले पालिकासँग समन्वय गरेर निशुल्क ढुवानी र दमौलीमा बिक्रीको लागि निशुल्क स्टल उपलब्ध गराएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गतेबाट सुरु गरिएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा यस महोत्सवमा किसान तथा घरेलु हस्तकलाका सामग्री बिक्रीको लागि ४० वटा स्टल निशुल्क उपलब्ध सङ्घले सहयोग गरेको हो ।

    “तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ कृषि र पर्यटनलाई पहिलो प्राथमिकता सो सङ्ख्यामा स्टल निशुल्क उपलब्ध गराईएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको र किसानलाई निशुल्क स्टल उपलब्ध गराईएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिए ।

    कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिएको छ ।

    महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिएको छ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गरिएको छ ।

    महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवम् हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको महासचिव सुवोध अधिकारीले बताए ।

    महोत्सवले कृषि उपजको बजारिकरणको लागि मद्धत गरेपछि किसान खुसी भएका छन् । सङ्घले महोत्सवको आयोजना गरेर निशुल्क स्टल उपलब्ध गराएकोले बिचौलीया मार्फत नभई सिधै बिक्री गर्न पाउँदा राम्रो मूल्य पाएको व्यास नगरपालिका –११ तनहुँसुरका सुन्तला कृषक केबी थापाले बताए ।

    महोत्सवमा आफ्नो समान राम्रोसँग बिक्री भईरहेको र प्रचारप्रचारमा समेत टेवा पुगेको व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फमको सञ्चालिका कल्पना गौलीले बताइन् ।