विद्युत प्राधिकरणले बन्द गर्यो मिटर वितरण र महशुल सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्युत प्राधिकरणले बन्द गर्यो मिटर वितरण र महशुल सङ्कलन

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, मंगलवार

    तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले केही सेवा तत्कालका लागि स्थगित गरेको छ । कोभिड-१९ को जोखिम बढ्दै गएपछि जिल्लाका दुई स्थानीय तहमा निषेधाज्ञा र तीन स्थानीय तहमा लकडाउन घोषणा गरिएपछि वितरण केन्द्रले आफ्ना केही नियमित सेवा स्थगित गरेको हो ।

    वितरण केन्द्रका प्रमुख कपिल पाण्डेका अनुसार अत्यावश्यक विद्युत प्रणाली सञ्चालन बाहेक मिटर वितरण, नगद महशुल सङ्कलन, नयॉ लाइन विस्तार लगायतका कार्य स्थगित गरिएको छ । अनलाईनबाट विद्युत महशुल सङ्कलन कार्य भने पूर्ववत ढङ्गमा यथावत रहेको पाण्डेले जानकारी दिनुभयो ।

    समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले व्यास नगरपालिकामा भदौ ७ गतेसम्म र भानु नगरपालिकामा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ भने देवघाट, ऑबुखैरेनी र बन्दीपुरले लकडाउन घोषणा गरेका छन् ।