तनहुँमा थपिएका सङ्क्रमितमध्ये एक प्रहरी, एक सवारी चालक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिएका सङ्क्रमितमध्ये एक प्रहरी, एक सवारी चालक

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, बुधबार

    तनहुँमा हालसम्म ६ जना प्रहरीमा काेराेना पुष्टि, दुई निकाे

    तनहुँ । तनहुँमा बुधबार थपिएका दुई सङ्क्रमितमध्ये एक जना प्रहरी र अर्का सवारी चालक भएको खुलेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार व्यास नगरपालिका–३ का ३८ र शुक्लागण्डकी नगरपालिका–४ का २९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि गरेको थियो ।

    त्यसमध्ये व्यास नगरपालिका–३ का पुरुष जिल्ला प्रहरी कार्यालय तनहँुमा कार्यरत प्रहरी रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले ती सङ्क्रमित प्रहरी रहेको पुष्टि गर्नुभयो । “स्वाब दिएदेखि नै ती प्रहरी क्वारेन्टिनमै थिए, अहिले आइसोलेशनमा लैजाने तयारी हुँदैछ,” तिमिल्सिनाले भन्नुभयो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत कार्यालयका ६ जना प्रहरीमा हालसम्म कोरोना पुष्टि भएको छ । व्यास नगरपालिकामा दुई, भानु नगरपालिकामा दुई, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका एक/एक प्रहरीमा कोरोना पुष्टि भएको थियो । बन्दीपुर र आँबुखैरेनीका प्रहरी भने निको भइसकेका छन् ।

    बुधबार नै सङ्क्रमण पुष्टि भएका शक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका २९ वर्षीय पुरुष सवारी चालक रहेको खुलेको छ । दुलेगौडास्थित एक अस्पतालबाट केही दिन अगाडी ४८ जनाको स्वाब सङ्कलन गरिएकामा उनमा सङ्क्रमण पुष्टि भएको हो । उनलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा लैजाने तायरी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।