काेराेना जित्नुभएका पाैडेल भन्नुहुन्छ – ‘होम आइसोलेशनमा बस्दा बाफ लिएँ, बेसारपानी पिएँ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काेराेना जित्नुभएका पाैडेल भन्नुहुन्छ – ‘होम आइसोलेशनमा बस्दा बाफ लिएँ, बेसारपानी पिएँ’

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०७७, बुधबार

    तनहुँ । तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको साउन २८ गते कोरोना पोजिटिभ देखिएको थियो ।

    त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल बुधबार निको हुनुभएको छ । पोखरामा गरिएको स्वाब परीक्षणमा उहाँको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोनामुक्त भएपछि खबरपुञ्जसँग कुराकानी गर्दै अध्यक्ष पौडेलले आत्मबलले कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिनुभयो ।

    “कोरोना सङ्क्रमण भएको दिनदेखि म घरमै छुट्टै सुरक्षित रुपमा बसिरहेको थिएँ, घरमा बस्दा खासै समस्या देखिएन,” पौडेलले भन्नुभयो, “निरन्तर स्वास्थ्यकर्मीको निगरानीमा थिएँ ।” पौडेलले कोरोना सङ्क्रमण भएपनि औषधि भने प्रयोग नगरेको जानकारी दिनुभयो । “बाफ लिने, कागती पानी र बेसारपानी पिएँ, नियमित भोजन ग्रहण गरँे,” उहाँले भन्नुभयो, “एक दिन सामान्य रुघा लागेको थिएँ तर खास समस्या भएन ।”

    कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले सजग हुनुपर्नेमा पौडेलको सुझाव छ । “हिँडडुल गर्दा, अरुसँग उठबस गर्दा कोरोना सर्ने भएकाले भौतिक दूरी कायमै गर्नपर्छ,” उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा बाहिर नहिँडेर घरमै बस्नु सुरक्षित हुन्छ ।”