गण्डकीमा थपिए ११ कोरोना सङ्क्रमित, सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए ११ कोरोना सङ्क्रमित, सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७७, आईतवार

    पाेखरा : गण्डकी प्रदेशमा आइतबार ११ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार कास्की, नवलपुर र गोरखामा चार महिला र ७ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कास्कीको पोखरा महानगरपालिका वडा नं १६ का ३१ वर्षीया महिला, ४० वर्षीय पुरुष, नवलपुरको विनयत्रिवेणी गाउँपालिका वडा नं १का ६५, ४३, ९ वर्षीय पुरुष, ३६, २८, ४९ वर्षीया महिला, गोरखाको गोरखा नगरपालिका वडा नं ६ का २८ वर्षीय पुरुष र कास्कीको पोखरा महानगरपालिका वडा नखुलेका ३० र ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब सङ्कलन गरी परीक्षण गरिएकामा सबैलाई कोरोना देखिएको शर्माले बताउनुभयो । त्यसमध्ये पोखरा महानगरपालिका वडा नं १६ का ४० वर्षीय पुरुष ट्याक्सी चालक रहेको खुलेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ७९ पुगेको छ । यस्तै निको हुनेको सङ्ख्या १ हजार ६ सय ११ रहेको छ ।