पोखरा : गण्डकी प्रदेशका ५ जिल्लामा सोमबार ८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार नवलपुर, तनहुँ, बागलुङ, स्याङ्जा र म्याग्दीका ७ पुरुष र एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नवलपुरको विनयत्रिवेणी गाउँपालिका वडा नं १ की ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ५ का २६ र शुक्लागण्डकी नगरपालिका वडा नं ४ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै बागलुङको बागलुङ नगरपालिका वडा नं २ का २०, २० वर्षीय पुरुष, म्याग्दीको बेनी नगरपालिका वडा नं नखुलेका २० र स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं नखुलेका ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहॉका अनुसार स्याङ्जा र तनहुँका दुई जना नेपाली सेनामा कार्यरत हुन् भने म्याग्दीका सङ्क्रमित नेपाल प्रहरी हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ८८ पुगेको छ ।