कास्कीमा थपिए चार सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीमा थपिए चार सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, मंगलवार

    पोखरा : कास्कीमा चार जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार पोखरा महानगरपालिकाका तीन पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार पोखरा महानगरपालिका वडा नं १३ का ३०, ३० वडा नं २८ का ३४ वर्षीय पुरुष र वडा नं २९ का ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    शर्माका अनुसार सङ्क्रमितमध्ये वडा नं १३ का दुई जना भारतबाट आएका हुन् भने अन्य दुई जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ९५ पुगेको छ ।