


दमौली, ४ असोज । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा शुक्रबारदेखि खसेको पहिरोले बाटो पूर्ण रुपमा बन्द छ । ढुंगा खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन कठिन भएको छ ।
ढुंगा खस्ने क्रम रोकिए आज दिउँसोसम्म सडक सुचारु हुने सम्भावना छ । बाटो बन्द भएपछि हजारौ यात्रु बाटोमै अलपत्र परेका छन् ।
दमौलीतर्फ आउने र दमौलीतर्फबाट नारायणगढ जानेहरुले भने बुद्धसिंह मार्ग प्रयोग गर्न सक्छन् । ऑबुखैरेनी-भरतपुर जोड्ने घुमाउनेको झोंलुगे पुल प्रयोग गरी दुई पांग्रे सवारी साधन आवतजावत गर्न सकिनेछ ।
बुद्धसिंह मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक सडक बनाउने लक्ष्य राखिएको छ । घुमाउनेको झोलुंगे पुल नजिकै ११ वर्ष अगाडी पक्की पुल निर्माण थालिएपनि पुल अलपत्र छ । त्यहॉ पुल बनेको भए यात्रा निकै सहज हुन्थ्यो । तर अहिले भएको झोलुंगे पुलबाट त्यस भेगका सर्वसाधारण मोटरसाइकल/स्कुटरमा मुग्लिन नारायणगढ सडकखण्ड निस्किएर यात्रा गर्ने गरेका छन् ।